शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१४ अर्ब माइल्स टाढाबाट आयो ब्रम्हाण्डको आवाज, नासाको भोयागर–१ ले पठायो सिग्नल

बिहीबार, ३० वैशाख २०७८, १६ : १९
बिहीबार, ३० वैशाख २०७८

एजेन्सी । झन्डै ४४ वर्ष पहिले अमेरिकी स्पेस एजेन्सी नासाले भोयागर–१ (Voyager-1) स्पेस क्राफ्ट लन्च गरेको थियो । आज यो नै धर्तीबाट सबैभन्दा टाढा रहने पहिलो मानव निर्मित वस्तु हो र यो सौर्य मण्डलको यात्रामा छ । यसले भर्खरै एक नयाँ डाटा पठाएको छ । 

यस डाटाको आधारमा धर्तीबाट १४ अर्ब माइल्स टाढा रहेका ताराहरुबीच पाइने ग्यासबाट निस्किएको आवाज पहिचान गर्न सकिन्छ ।  भोयागर–१ मा राखिएको उपकरणले प्लाज्माको आवाज रेकर्ड गरेको हो । प्लाज्मा म्याटरको चौथो स्टेट हुन्छ, जसबाट ९९ दशमलव ९ प्रतिशत ब्रह्माण्ड बन्छ । 

अन्तरिक्षको ठूलो रहस्य खुल्नेछ 

धर्तीमा यसको जो सिग्नल आएको छ, त्यो निकै कम फ्रिक्वेन्सी ब्यान्डविथको हो । कर्नेल विश्वविद्यालयका एस्ट्रोनोमर्सले यस आवाजलाई विश्लेषण गरेका थिए । उनीहरुका अनुसार जुन सिग्नलबाट यो डाटा मिलेको थियो, त्यो निकै कमजोर थियो र बिना केही परिवर्तन त्यसलाई सुन्न मुस्किल थियो । 

सूर्यबाट निस्कने हावासँग अन्तरिक्षको मिडियमले कसरी प्रतिक्रिया देखाउँछ भनेर लगातार आइरहेको  यो आवाजले बुझाउने एस्ट्रोनोमर्सले बताए ।  यो निकै कमजोर प्लाज्मा उत्सर्जन झन्डै १० एस्ट्रोनोमिकल युनिट्स या ९२९ माइलसम्म फैलिएको छ । यो प्लाज्मा उत्सर्जन आम रुपमा सौर्य उर्जाहरूका कारण पैदा भएजस्तो लाग्दैन । 

कस्तो थियो सिग्नल ?

कर्नेट विश्वविद्यालयमा एस्ट्रोनामीका डक्टोरल स्टुडेन्ट स्टेल कोच ओकरले यस डाटामा आधारमा यो खोज गरेका हुन् । उनका अनुसार यो निकै हल्का र एकै लयमा थियो, किनकि यसको फ्रिक्वेन्सी ब्यान्डविथ निकै कम थियो । 

उनका अनुसार दुई ताराहरुबीच अर्थात् इन्टरस्टेलर स्पेसमा पाइने ग्यासको यस आवाजलाई पहिचान गर्ने काम भइरहेको छ । भोयागर–१ अगस्ट २०१२ मा इन्टरस्टेलर स्पेसमा पुगेको थियो । कुनै पनि मानव निर्मित स्पेस क्राफ्ट यति टाढासम्म पुगेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप