सुर्खेतमा थप दुई साता निषेधाज्ञा
बिहीबार, ३० वैशाख २०७८, १६ : ५०

सुर्खेतमा थप दुई साता निषेधाज्ञा थप्ने तयारी थालिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार शुक्रबार रातीदेखि लागु हुने गरी थप दुई हप्ता निषेधाज्ञा लागु गर्ने तयारी गरिएको हो ।
यसअघि लागु भएको निषेधाज्ञाको अन्तिम मिति भोलि सकिँदैछ ।
अब निषेधाज्ञालाई विगत भन्दा केही कडाई गर्ने तयारी जिल्ला प्रशासनले गरेकाे छ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले यसअघि लागु भएको निषेधाज्ञा कार्यान्वयनमा स्थानीयले ख्यालठट्टा गर्न थालेपछि अब लागु हुने निषेधाज्ञा अवधिमा थप कडाई गर्ने तयारी भएकाे बताए । कोरोना संक्रमणसँगै मृतक संख्या बढ्दै गएपनि स्थानीयले निषेधाज्ञा उल्लंघन गर्न थालेपछि प्रशासन कडाई गर्ने तयारीमा लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीको प्रदर्शन स्थगित भएको सूचना फैलिएपछि...
-
बाजुरामा एक बृद्धाले पाइन् उनान्नब्बे वर्षमा नागरिकता
-
वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात
-
जस्तो चुनौती आए पनि संविधानकै बाटोबाट समाधान खोज्नुपर्छ – सहरी विकासमन्त्री
-
नेपालको जलविद्युतमा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
-
आगामी बजेटबारे १६ मन्त्रालयसँग अर्थको छलफल, ३ करोडभन्दा कमको योजना समावेश नगर्न अनुरोध