बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा कोरोना  संक्रमणबाट थप १७ जनाको मृत्यु

बिहीबार, ३० वैशाख २०७८, २० : २५
बिहीबार, ३० वैशाख २०७८

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना  संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । प्रदेशका बिभिन्न अस्पतालमा थप १७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर ४, कैलाली ११, बझाङ्गमा १, अछाम १ रहेका छन् ।  
योसँगै  प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ८७ पुगेको  सामाजिक विकास मन्त्रालयले जनाएको छ  ।

पछिल्लो २४ घण्टामा ४ सय ५१ मा एन्टिजेन परीक्षण गर्दा ९८ जनामा  कोरोना पुष्टी भई १० जनाको मृत्यु भएको छ भने १ हजार ७ सय २३ मा पिसिआर परीक्षण गर्दा ७ सय १२ जनामा कोरोना पोजेटिभ पुष्टी भई ७ जनाको मृत्यु भएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले  जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप