शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हाम्रो पात्रोले सुरु गर्यो दैनिक क्रियाकलापहरुको सजिलै ट्र्याकिङ गर्न मिल्ने नोट फिचर

बिहीबार, ३० वैशाख २०७८, २० : ४२
बिहीबार, ३० वैशाख २०७८

काठमाडौं । हाम्रो पात्रोले दैनिक क्रियाकलापहरूको सजिलै ट्रयाकिङ गर्न मिल्ने नेट फिचर सुरु गर्ने भएको छ । व्यस्त भइरहँदा महत्वपूर्ण कार्यहरु बिर्सन सक्नेतर्फ सचेत गराउने यस प्रकारको नोटले मानिसलाई समय समयमा सम्झाउन मद्दत गर्ने बताइएको छ । 

यो सुविधामा महत्वपूर्ण मिति र घटनाहरु चिन्ह लगाएर राख्न सकिन्छ । यसलाई कलर पनि गर्न सकिन्छ । जस्तो कि बिल भुक्तानी रिमाइन्डर, जन्मदिन, बैठक, विभिन्न चाडपर्वहरू तथा उत्सवहरू आदिमा चिन्ह लगाएर राख्न सकिन्छ । यसरी चिन्ह लगाएको दिन हाम्रो पात्रोले अलर्ट गराउने छ । 

नोट गरेको दिन मोबाइलको स्क्रिनमा डिस्प्ले भई सम्झना गराउन यसले सघाउने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप