शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एथ्लेटिकोमाथि रियलको दबाब कायम

शुक्रबार, ३१ वैशाख २०७८, ११ : २७
शुक्रबार, ३१ वैशाख २०७८

शीर्ष स्थानमा रहेको एथलेटिको म्याड्रिडमाथि दबाब सिर्जना गर्ने क्रममा रियल म्याड्रिडले ग्रनाडालाई हराएको छ । यस जीतसँगै रियलले ३६ खेलबाट ७६ अंक बटुलेको छ । शीर्ष स्थानको एथलेटिकोको समान खेलबाट ७८ अंक छ ।

डिफेन्डिङ च्याम्पियन रियलले ग्रनाडा​लाई ४–१ ले हराएको हो । रियलबाट लुका मोडरिक, रोड्रिगो सिल्भा, अल्भारो ओड्रियोजोला र करिम बेन्जामाले एक–एक गोल गरेका थिए । जर्ज मोलिनाले ग्रनाडा​बाट एक गोल फर्काए ।

अब रियलले आगामी खेलमा एथलेटिको बिल्वाओको सामना गर्नेछ । त्यसभन्दा अघि शीर्ष स्थानको एथलेटिको म्याड्रिडले आइतबार ओसासुनासँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष स्थानको एथलेटिकोभन्दा चार अंकले पछि रहेको तेस्रो स्थानको बार्सिलोनाले आइतरबारै सेल्टा भिगोको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप