शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कलाकार शिवहरि पौडेललाई कोरोना संक्रमण

शुक्रबार, ३१ वैशाख २०७८, १२ : ५१
शुक्रबार, ३१ वैशाख २०७८

काठमाडौं । हास्य कलाकार शिवहरि पौडेल कोरोना भाइरस संक्रमित भएका छन् । रुघाखोकीले ग्रस्त बनाएपछि पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनको अहिले नैकापस्थित एपीअफ हस्पिटलमामा उपचार भइरहेको छ । श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका उनको अक्सिजनको सहयोगमा उपचार भइरहेको बताइएको छ ।

‘मुखमा हान्नु जस्तो’ थेगोबाट समेत परिचित पौडेलले  हास्य टेलिश्रृखंला ‘जिरे खुर्सानी’ मा यो थेगो बेलेका थिए । पछिल्लो समय ‘लक्का जवान’ निर्देशन गरेर फिल्म निर्देशनमा डेब्यु गरेका पौडेल सानो पर्दामा भने लेखन, निर्देशन र अभिनयमा सक्रिय रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप