शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा २४ घण्टामा ४ हजार संक्रमितको मृत्यु, संक्रमण दरमा भने केही सुधार

शुक्रबार, ३१ वैशाख २०७८, १३ : ४२
शुक्रबार, ३१ वैशाख २०७८

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा चार हजारको व्यक्तिको ज्यान गएको जनाएको छ । 

मन्त्रालयका अनुसार कोभिडबाट पछिल्लो २४ घण्टामा तीन लाख ४३ हजार व्यक्ति संक्रमित भएका छन् भने तीन लाख ४४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।  भारतमा गत बुधबार एकै दिन चार हजार २०५ जनाको कोभिड संक्रमणबाट ज्यान गएको थियो । बिहीबार पनि चार हजार १२० जनाको मृत्यु भएको थियो । भारतमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म दुई लाख ६२ हजार ३१७ जनाको मृत्यु भइसकेको छ । 

भारत विश्वमै तेस्रो सर्वाधिक प्रभावित मुलुक हो । पहिलो सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा हालसम्म पाँच लाख ९८ हजार तथा दोस्रो सर्वाधिक असर परेको मुलुक ब्राजिलमा चार लाख ३० हजारको मृत्यु भइसकेको छ । 

कोरोनाभाइरस महामारी शुरु भएयता भारतमा कूल संक्रमित दुई करोड ४० लाखमध्ये दुई करोड ७९ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार भारतमा हाल ३७ लाख व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । 

गत जनवरीबाट खोप अभियान शुरु गरेको भारतमा हालसम्म १७ करोड ९३ लाख व्यक्तिलाई खोप लगाइएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतभर ३१ करोड १३ लाख कोभिड नमुना परीक्षण गरिएको छ । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप