शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा मृत्युदर बढ्दो, ५ दिनमा ४७ जनाको मृत्यु

शुक्रबार, ३१ वैशाख २०७८, १४ : १४
शुक्रबार, ३१ वैशाख २०७८

कर्णाली प्रदेशमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेकाे संख्या उच्च रहेकाे छ । पछिल्ला केहीदिन यता दैनिक सरदर ५ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ भने एकै दिन १२ जनासम्मको मृत्यु भएकाे   छ ।

 प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार ​बितेको ५ दिनकाे तथ्यांकलाई हेर्दा साे अवधिमा ४७ जनाकाे काेराेनाबाट मृत्यु भएकाे छ। निर्देशनालयका सूचना अधिकारी नाेदनारायण चाैधरीका अनुसार २६ गते आइतबार ८ जनाकाे मृत्यु भएकाे थियो । साे दिनमा प्रदेश अस्पताल सुर्खेतमा मात्र चार, सल्यान हाेम आइसाेलेशन रहेका २ जना, मेहलकुना अस्पताल सुर्खेत १ र दैलेख अस्पतालमा १ जनाकाे काेराेनाबाट मृत्यु भएकाे थियो ।

यस्तै २७ गते साेमबार ५ जनाकाे मृत्यु भएकाे छ । साेही दिनमा पनि प्रदेश अस्पतालमा ३ , १ दैलेख अस्पताल र सल्यानमा हाेम आइसाेलेशनमा १ जनाकाे मृत्यु भएकाे थियो । २८ गते मंगलबारका दिन ९ जनाकाे मृत्यु भएकाे थियो । जसमा ५ जनाकाे प्रदेश अस्पतालमै मृत्यु भएकाे छ । यस्तै कालिकोटमा हाेम आइसाेलेशनमा १, सल्यानबाट बुटवल लैजाँदै गर्दा बाटाेमा एक, सल्यान अस्पतालमा १ र चाैकुने गाउँपालिका ( पश्चिम सुर्खेत ) मा एकजनाकाे हाेम आइसाेलेशनमा मृत्यु भएकाे छ । 

यस्तै २९ गते बुधबार सबैभन्दा धेरै १२ जनाकाे मृत्यु भएकाे छ ।  जसमा प्रदेश अस्पतालमा मात्र ९ जनाकाे मृत्यु भएकाे थियो । यस्तै मेहलकुना अस्पतालमा १, सल्यानमा हाेम आइसाेलेशनमा १, धनवाङ हेल्थपाेष्ट सल्यानमा १  जनाकाे मृत्यु भयाे ।

बिहीबार १० जनाकाे मृत्यु भएकाे छ । दैलेख अस्पतालमा २, सल्यान अस्पतालमा १, रुकुम पश्चिम अस्पतालमा १, रुकुम हाेम आइसाेलेशनमा १ र अस्पताल ल्याउँदै गर्दा रुकुमकै एकजनाकाे बाेटाेमा मृत्यु भएकाे  छ भने प्रदेश अस्पतालमा ४ जनाकाे मृत्यु भएकाे छ ।

यस्तै २६ गते २ र २८ गते १ जना गरी ३ जनाकाे मृत्यु भएकाे तर रिपोर्टमा छुटेकाकाे बिहीबार निर्देशनालयले समावेस गरेकाे छ ।

हाल सम्म कर्णालीमा काेराेनाबाट मृत्यु हुनेकाे जम्मा संख्या १२९ पुगेकाे छ । दैनिक यसरी काेरानाका बिरामीकाे मृत्यु हुनुमा अक्सिजन अभाव, समयमा अस्पताल नपुग्ने जस्ता समस्या छन् । पछिल्लाे समय हाेम आइसाेलेशनमा रहेकाहरुको मृत्यु हुने गरेकाे छ ।

निर्देशनालयका निर्देशक डा.रविन खड्का भन्छन् - 'अवस्था भयावह बनिरहँदा निषेधाज्ञा लगाइए पनि मान्छेहरुले अझै यसकाे पालना गरेकाे खासै पाइँदैन् ।  मुख्य कुरा आफै सचेत हुनुपर्छ । यदी काेराेनाकाे लक्षण देखिएकाे खण्डमा समयमानै पीसीअार चेक गर्ने र चिकित्सककाे सल्लाह लिनुपर्छ ,`उनले भने ,´तर, कतिपय बिरामीहरु बिरामी भएर शरिरमा अक्सिजनकाे अभाव भइसकेपछि अस्पताल आउने गर्नुहुन्छ याे अवस्थामा बिरामीलाई बचाउन मुस्किल पर्छ ।`

कर्णालीमा अक्सिजनकाे पनि चरम अभाव छ । अस्पतालमा बेड पाउन मुस्किल छ ।  मृत्यु हुनेका सबै उमेर समुहका छन् भने महिला भन्दा पुरुषको संख्या धेरै रहेकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप