बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दियादेखि नेहासम्मः कसैले विवाहको डेढ महिनापछि नै सुनाए खुसीको खबर तर कोही विवाहको ६ महिनापछि नै बने आमा

शुक्रबार, ३१ वैशाख २०७८, १४ : २४
शुक्रबार, ३१ वैशाख २०७८

सिरियल महाभारतमा अर्जुनको भूमिका निभाइसको शाहिर शेख र नायिका एकता कपुर डिभिजन हेड रुचिका कपुरले अघिल्लो वर्ष नोभेम्बरमा विवाह भएको थियो । विवाहको ६ महिनापपि अब उनीहरु आमा–बुवा बन्न लागेको खबर आएको छ । रुचिकाको पहिलो त्रैमासिक चलिरहेको छ ।

हुन त बलिउडका यस्ता थुप्रै नायिका पनि छन् जसले विवाह लगत्तै गर्भवती भएको खबर सुनाएर चर्चामा आएका छन् ।

आउनुहोस् ती सेलिब्रिटीबारे कुरा गरौंः

दीया मिर्जाः

दीया मिर्जाले सन् २०२१ को फेब्रुअरी १५ तारिखमा व्यापारी वैभव रेखीसँग दोस्रो विवाह गरेकी थिइन् । त्यसको ठिक डेढ महिनापछि अर्थात् अप्रिल २०२१ मा दियाले सोसल मिडियामा आफू गर्भवती भएको जानकारी दिइन् । दियाले आफ्नो एउटा फोटो पनि सेयर गरिन् जसमा उनको बेबी बम्प स्पष्ट रुपमा देखिएको थियो । वैभव अघि दियाले साहिल संघासँग विवाह गरेकी थिइन् तर उनीहरुको सम्बन्धविच्छेद भयो ।

नताशा स्टेनकोविकः

नायिका नताशा स्टेनकोविकले जनवरी सन् २०२० मा क्रिकेटर हार्दिक पांड्यासँग आफ्नो इन्गेजमेन्टको तस्बिर सेयर गरेकी थिइन् । त्यसको एक महिनापछि मे मा नायिकाले आफू गर्भवती भएको जानकारी दिइन् । त्यसपछि उनीहरुले हतारमा विवाह गरे र ३० जुलाई २०२० मा यी दुईले छोरालाई जन्म दिए ।

नेहा धुपियाः

नेहाले सन् २०१८ मा अंगद बेदीसँग हतारमा विवाह गरेकी थिइन् । विवाहको दुई महिनापछि नेहाले आफू गर्भवती भएको खबर सुनाएर सबैलाई चकित पारिदिइन् । त्यसपछि नेहाले सन् २०१८ नोभेम्बरमा अर्थात् ६ महिनापछि छोरी मेहरलाई जन्म दिइन् ।

दिवंगत अभिनेत्री पनि ती अभिनेत्रीमध्ये थिइन् जो विवाह अघि गर्भवती भएका थिए । श्रीदेवी बोनी कपुरसँगको सम्बन्धमा थिइन् । यी दुईले सन् १९९६ मा विवाह गरेका थिए र त्यसको केही महिनापछि नै श्रीदेवीले जान्ह्वीलाई जन्म दिएकी थिइन् । बोनीले श्रीदेवीसँग दोस्रो विवाह गरेका थिए ।

कोंकणा सेन शर्माः

कोंकणाले सन् २००७ मा रणवीर शौरीसँग डेटिङ सुरु गरेकी थिइन् । त्यसपछि यी दुईले सेप्टेम्बर सन् २०१० मा विवाह गरे र ६ महिनापछि नै कोंकणाले छोरा हारुनलाई जन्म दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप