बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबिका ग्राहकले केवाईसी विवरण अनलाइनबाटै अपडेट गर्न सक्ने

शुक्रबार, ३१ वैशाख २०७८, १४ : ४२
शुक्रबार, ३१ वैशाख २०७८

काठमाडौं । एनएमबि बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा अनलाइन केवाईसी अघि सारेको छ । यो सेवाको सुरूवातसँगै, एनएमबि बैंकका ग्राहकहरूले आफ्नोे घर/कार्यालयबाट केवाईसी विवरणहरू अनलाईन अपडेट गर्न सक्नेछन् । 

ग्राहकहरूले एनएमबि डिजिटल प्लेटफर्महरू (ओम्निच्यानल/सामाजिक सञ्जाल) मार्फत अनलाइन नयाँ खाता खोल्ने, खाता खोलिसकेका ग्राहकहरूले पनि सजिलै यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्दछन् ।

यस नयाँ प्रणालीको साथ अनलाइन खाताहरू खोल्ने क्रममा ग्राहकले एकपटक आफ्नो व्यक्तिगत पहिचान प्रमाणीकरण गर्न कुनै शाखा रोज्नु पर्नेछ, खाता सक्रिय गर्नका लागि हस्ताक्षर बाहेक कुनै पनि फारम भर्नु पर्ने छैन् । वाईसीको लागी डिजीटल लिंक ​ https://kyc.nmb.com.np:8443 यस प्रकार रहेको छ ।  

ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधि भन्दा माथी उठेर बैंकमा नधाइकनै मुख्य बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्ने बैंकले जनाएको छ । हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी बैंकिङ्ग कारोवार सहज बनाउनुको साथै सवै प्रकारको म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ्ग प्रदान गर्ने बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप