शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डा. सन्दुक रुइतको संसारसामू अपिल : भन्छन्, ‘नेपाल र नेपालीलाई सहयोगी मनको खाँचो छ’

शुक्रबार, ३१ वैशाख २०७८, १५ : ०५
शुक्रबार, ३१ वैशाख २०७८

नेपालका प्रख्यात नेत्र विशेषज्ञ डाक्टर सुन्दुक रुइतले नेपाल र नेपालीलाई मन पराउने संसारभरीका मानिसहरुलाई महामारीको यो समयमा मानवता दर्साउन अपिल गरेका छन् ।

डाक्टर रुइतले आफ्नो फेसबुक पोस्टमा एउटा भिडियो अपलोड गर्दै यस्तो अपिल गरेका हुन् । उनले भनेका छन्, ‘म ३ करोड जनसंख्या भएको देशको तर्फबाट नेपालको भलो चाहने संसारभरीका करोडौं मनलाई स्पर्श गर्न चाहन्छु ।’

उनले कोरोना महामारीका बेला हाल देशको स्थिति कस्तो छ भन्ने बारे पनि वर्णन गरेका छन् । उनी भन्छन्, ‘नेपालीहरुले आफ्नो दुःख–सुख दुबै निकै गौरव र लचकताका साथ ग्रहण गर्ने गर्छन् । हाल यो कोभिड–१९ महामारीको दोस्रो लहरमा संक्रमितको संख्या डढेलो झैं बढ्दै गइरहेको अवस्थामा यहाँका अस्पताल र स्वास्थ्य प्रणाली निरिह बनेका छन् ।’

‘तपाईंहरुलाई थाहा नै छ, नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो र हामी प्रजातन्त्रको प्रक्रिया बुझिरहेका एउटा देश हौं, विशेषगरी हाम्रो देशले केही समय अघि मात्रै महाप्रलयकारी भूकम्पको सामना गरेको छ, त्यसैले हाम्रो देशमा स्थिति खासै सहज छैन । हामी अघि बढ्न प्रयासरत छौं,’ उनी थप्छन् ।

यतिबेला नेपाललाई सहयोगी मनको अत्यधिक खाँचो भएको कुरामा उनले जोड दिँदै भनेका छन्, ‘नेपाल र नेपालीलाई माया गर्नुहुने करोडौं दर्शकलाई यतिबेला वास्तविक मानवता देखाउन आग्रह गर्दछु । यो देश र यहाँका जनतालाई तपाईंहरुको खाँचो छ ।’

उनले यो विषम परिस्थितिमा सबैजना जुटेको खण्डमा यहाँको मृत्युदरलाई कम गर्नसक्ने र अन्ततः यो अदृश्य दुश्मनलाई परास्त गर्न सक्ने कुरामा आशा व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप