शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हेटौँडा अस्पतालमा अक्सिजन अभाव

शुक्रबार, ३१ वैशाख २०७८, १५ : १४
शुक्रबार, ३१ वैशाख २०७८

मकवानपुर । हेटौँडा अस्पतालमा कोरोना संक्रमितहरुको उपचारमा अक्सिजन अभाव भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा पछिल्लो समय कोरोना संक्रमितहरु बढ्दै गएपछि संकमित बिरामीहरुको उपचारमा प्रयोग हुँदै आएको अक्सिजन अभाव भएको जनाएको हो । 

अस्पतालले एक विज्ञप्ति जारी गर्दै अक्सिजन अभाव भएसँगै संक्रमितहरुको उपचारमा समस्या भइरहेको र अक्सिजन अभावका कारण अस्पतालले प्रदान गर्दै आएको उपचार सेवामा प्रभावित हुने जनाएको छ । अस्पतालले संक्रमणको सुरुवाती चरणमा निरन्तर रुपमा संक्रमित बिरामीहरुलाई उपचार सेवा प्रदान गर्दै आइरहेका भएपनि आजबाट भर्ना हुने संक्रमितहरुको लागि अक्सिजन उपलब्ध गराउन नसक्ने जारी विज्ञप्तिमा उल्लेख छ । 

अक्सिजन अभाव भएसँगै अस्पतालले थप संक्रमितको भर्ना र उपचाररत बिरामीहरुको लागि अक्सिजन दिने कार्यका समस्या भएको अस्पतालका कोभिड इन्चार्ज डा.काफ्लेले बताए । त्यस्तै आइसियु र एचडियुमा भर्ना भएका बिरामीहरुको लागी भने केही समयका लागि मात्र अक्सिजन पुग्ने जनाइएको छ ।

अस्पतालमा आवश्यक अक्सिजनको लागि अन्य जिल्लाका उद्योगहरूसँग भर पर्नुपर्ने अवस्था रहेकाले अस्पतालमा अक्सिजन अभाव हुन गएको र अन्य जिल्लामा अक्सिजन भर्न पठाइएका सिलिन्डरहरू समेत गए रातीदेखि उपलब्ध हुन छाडेको विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप