शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ खोप लगाएर संक्रमित भएकाले दोस्रो डोज लगाउन नपाउने

शुक्रबार, ३१ वैशाख २०७८, १६ : ४४
शुक्रबार, ३१ वैशाख २०७८

चैत्र २५ गतेपछि कोरोनाविरुद्धको खोप लगाएर संक्रमित भएका र लक्षण देखिएकाले दोस्रो मात्रा खोप नपाउने भएका छन् । खोप लगाएर कोरोना संक्रमण भएका र लक्षण देखिएकाहरुले परीक्षण गर्दा नेगेटिभ आएनि दोस्रो मात्रा खोप लगाउँन नपाउने काठमाडौं महानगरपालिकाले जनाएको हो । 

चैत्र २५ गतेदेखि ०७८ वैशाख १५ गतेसम्म कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिइएको थियो । जेठ २ गतेदेखि चिनियाँ भेरोसेल खोपको दोस्रो मात्रा दिने अभियान काठमाडौं महानगरपालिकाले जनाएको छ । जेठ २ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने खोप अभियान प्रत्येक वडामा खोप केन्द्र तोकिएको महानगरका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन् ।

​२०७७ चैत २५, २६, २७ र २८ गते कोरोनाविरुद्धको पहिलो मात्रा भेरोसेल खोप लगाएका नागरिकले जेठ २ गते दोस्रो मात्रा पाउनेछन् । चैत २९ र ३० गते पहिलो खोप लिएकालाई जेठ ३ गते, २०७७ चैत ३१ र २०७८ वैशाख २ गते पहिलो खोप लगाएकाले जेठ ४ गते, वैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, वैशाख ५ र ६ गते पहिलो खोप लगाएकाले जेठ ६ गते खोप आउने जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ यस्तै वैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएले जेठ ७ गते, वैशाख ११ र १२ गते पहिलो खोप लिएकाले जेठ ८ गते, वैशाख १३, १४ र १५ गते पहिलो मात्रा लगाएकाले जेठको ९, १० र ११ गते चिनियाँ भेरोसेल खोप दोस्रो मात्रा पाउने छन् । चीन सरकारको अनुदान सहयोगमा नेपालले कोरोनाविरुद्धको ८ लाख मात्रा भेरोसेल खोप प्राप्त गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप