शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस जिल्ला पार्टी कार्यालयमा आइसोलेसन कक्ष

शुक्रबार, ३१ वैशाख २०७८, १७ : ०१
शुक्रबार, ३१ वैशाख २०७८

डडेल्धुरा । नेपाली  काँग्रेस जिल्ला कार्यसमिति डडेलधुराले गठन गरेको सेवा दलले पार्टी कार्यालय किसुनजी भवनमा आइसोलेसन निर्माण गरेको छ । कूल १३ शय्याको आइसोलेसन बनाइरहेको सेवा दलका सदस्य राम विष्टले जानकारी दिए । कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै डडेल्धुरा अस्पताल सङ्क्रमितले भरिएपछि पार्टी कार्यालयमा आइसोलेसन बनाइरहेको उनले बताए ।

आइसोलेसन निर्माणपश्चात् उक्त स्थानमा अक्सिजन व्यवस्थापन गरिने जनाइएको छ । विशेषगरी गाउँघर तथा सदरमुकाम पुगेर बस्न समस्या भएकालाई निर्माण गरिएको आइसोलेसनमा राखिने कांग्रेस डडेल्धुराका पार्टी सभापति तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले बताए । कोरोना सङ्क्रमणको पहिलो लहर फैलिएका बेला सोही सेवा दलले गत वर्ष लकडाउनमा अलपत्र परेका करिब १० हजार जनालाई निःशुल्क खाना खुवाएको थियो । त्यस्तै जिल्लाका स्थानीय तहमा स्वास्थ्य सुरक्षाका सामग्री मास्क, स्यानिटाइजर, ग्लोब्स्जस्ता सामग्री सेवा दलले वितरण गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप