फिल्म ‘माइतीघर २’ का निर्देशक सुवोध चोपडाको कोरोनाका कारण निधन
शुक्रबार, ३१ वैशाख २०७८, १७ : ३२
काठमाडौँ । अभिनेता भुवन केसीले निर्माण तयारी गरेको फिल्म ‘माइतीघर २’ का निर्देशक सुबोध चोपडाको निधन भएको छ । कोरोनाका कारण उनको भारतको मुम्बईमा निधन भएको हो । अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत सुबोधको निधनको खबर बाहिर ल्याएका हुन् । ‘एक धेरै दुःखद समाचार साच्चै म अझै स्तब्ध छु’ अनमोलले अगाडि लेखेका छन् ‘मेरो आगामी प्रोजेक्ट ‘माइती घर २’ का निर्देशक सुबोध चोपडा अब हामीसँग हुनुहुन्न् । म अझै पनि तपाईको खुशी र जीनियश दिमाग सम्झन्छु ।’
सुपर काजल फिल्मसको ब्यानरमा निर्माण हुन लागेको ‘माइती घर २’ लाई चोपडाले निर्देशन गर्ने घोषणा गत महिना मात्र भएको थियो । सुबोधले ‘मर्डर’, ‘रोग’ ‘तुमसा नहीँ देखा’ जस्ता फिल्म लेखिसकेका छन् ।
‘माइती घर २’ भुवनले २०२३ सालमा रिलिज भएको फिल्म ‘माइती घर’ सिक्वेलको रुपमा निर्माण गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो
-
२६ करोड ६५ लाख कमाउँदै पाँचौँ सातामा ‘महाजात्रा’
-
पूर्व मुख्यसचिव शाक्यको अन्त्येष्टि
-
डोल्पामा हिउँ चितुवाको सङ्ख्यामा उल्लेखनीय वृद्धि
-
इलाम उपचुनावका चुनौती