नेपाली जनसम्पर्क समिति साउदीको सभापतिमा थापा
काठमाडौं । नेपाली जनसम्पर्क समिति साउदी अरबको सभापतिमा तुसङबहादुर थापा (अर्जुन थापा) निर्वाचित भएका छन् । कोरोना महामारीका कारण जुम प्रविधिमार्फत गरिएको दोस्रो अधिवेशनमार्फत थापा समिति सर्वसम्मत रुपमा सभापति चयन भएका हुन् ।
यस्तै समितिको वरिष्ठ उपसभापतिमा द्वारिकाराज गिरी चयन भएका छन् भने उपसभापतिमा पदमप्रसाद पाण्डे चयन भएका छन् । यसैगरी समितिको महामन्त्रीमा सुरेशराज त्रिपाठी, कोषाध्यक्षमा अरुण बेल्बासे, सहमहामन्त्रीमा सुजनसेर राई चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा पोपाल पंगेनी, नरेश सापकोटा, कृष्ण भुसाल, पदमबहादुर महता, सूर्यमणि पाण्डे, कल्पना बस्नेत पोख्रेल, बुद्धिमान घले, भीमबहादुर विश्वकर्मा र तुल्सीराम दुवाल चयन भएका छन् । अधिवेशनले महासमिति सदस्यमा तुसुङबहादुर थापा, दीपक रेग्मि र द्वारिकाराज गिरीलाई चयन गरेको छ भने महाधिबेशन प्रतिनिधिमा क्रमशः सुरेशराज त्रिपाठी, प्रमोद लामिछाने, पुरुषोत्तम खनाल र नमराज लामिछानेलाई चयन गरेको निर्वाचन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ औँ पञ्चवर्षीय योजना सनातनी र परम्परागत भयो: उपप्रधानमन्त्री यादव
-
शिव र मनिलालाई छिन्नलता पुरस्कार
-
शिक्षा मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण
-
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई
-
अब मोबाइल एप मोबैंकबाट सजिलै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने
-
राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीले आयोजकलाई हरायो