बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओली र नेपालबीच सिंहदरबारमा वार्ता हुँदै

शुक्रबार, ३१ वैशाख २०७८, १० : ००
शुक्रबार, ३१ वैशाख २०७८

काठमाडौं । पार्टीभित्रको विवाद मिलाउन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि पनि वार्ता हुँदैछ ।  दुई नेताले अन्य नेताहरुलाई समेत सँगै राखेर छलफल गर्न लागेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । 

‘कार्यदलको बैठकचाही होइन, तर अन्य नेताहरु (हामी) समेतलाई पनि दुई नेताको छलफलमा बोलाइएको छ । ६ बजेबाट छलफल सुरु हुँदैछ’, नेम्वाङको भनाइ छ ।   ओली र नेपालबीच बिहीबार भएको वार्ताको सहमतिअनुसार कार्यदलमा रहने नेताहरुलाई वार्तामा बोलाइएको बताइएको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप