शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा कोरोना संक्रमणबाट एकैदिन २३ जनाको मृत्यु

शुक्रबार, ३१ वैशाख २०७८, १८ : २१
शुक्रबार, ३१ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । गण्डकीमा एकै दिन यति धेरै संख्यामा कोरोना संक्रमणबाट मृत्यु भएको पहिलो हो । शुक्रबार प्रदेशका विभिन्न अस्पतालमा उपचारका क्रममा २३ जनाको मृत्यु भएको हो । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा–१५ की ४५ वर्षीय महिलाको फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी चरक मेमोरियलमा भर्ना भएका पोखरा–४ का ८२ वर्षीय बृद्धको मृत्यु भएको छ । यस्तै पोखरा–१३ का ६० वर्षीय पोखरा–२८ की ४८ वर्षीय महिला, पोखरा–३३ का ४० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरका क्रममा मृत्यु भएको छ ।

यस्तै पोखरा–१७ का ३१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । पाल्पा जिल्लाको तानसेन नगरपालिका–२६ का ७७ वर्षीय महिला, पोखरा–३ का ७६ वर्षीय पुरुष, पोखरा–१७ का ६३ वर्षीय पुरुष, पोखरा–२५ का ४२ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै कास्कीको रुपा गाउँपालिका १ का ६६ वर्षीय पुरुष, स्याङ्जा पुतलीबजार नगरपालिका–६ का ३३ वर्षीय पुरुष, आँधिखोला गाउँपालिका–३ स्याङजाका ५१ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।  यस्तै स्याङ्जा गल्याङ नगरपालिका–३ का २६ वर्षीय पुरुषको समेत पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । बागलुङ बडिगाड गाउँपालिका–४ का ४० वर्षीय पुरुष, बागलुङ नगरपालिकाका ३९ वर्षीय पुरुष, बागलुङ–७ का ६३ वर्षीय पुरुषको धौलागिरि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । 

त्यस्तै तनहुँ भीमाद नगरपालिका–६ का ४४ वर्षीय पुरुष, शुक्लागण्डकी–६ का ४८ वर्षीय पुरुष र म्याग्दे गाउँपालिका–३ का ५१ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।  योसँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ३ सय ४१ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप