मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार, ३१ वैशाख २०७८, १८ : ४६
शुक्रबार, ३१ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशमा थप ६८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कास्कीमा ३०६ जनासहित प्रदेशका विभिन्न जिल्लाहरुमा ६८० जनामा संक्रमण देखिएको हो ।   प्रदेशका जिल्लामध्ये सबैभन्दा धेरै कास्कीमा ३०६ जना र अन्य जिल्लाका ३७४ गरी ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेशका स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार पोखरास्थित लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालिमा गरिएको प्रयोगशाला परिक्षणमा ९३ जना, प्रदेश जनस्वास्थ्य प्रयोगशाला ४३३ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १९ सहित ६८० जनामा संक्रमण भेटिएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीका ३०६ जना, नवलपरासी पूर्वका ८७, म्याग्दीका ५२, तनहुँका २७, पर्वतका ६१, स्याङजामा २३, लमजुङमा ४६, गोर्खामा ७४ र बागलुङका ४ जना रहेका छन् ।  योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६ हजार ६३३ जना पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप