शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओली र नेपालसहितका नेताहरुबीच सिंहदरबारमा छलफल सुरु

शुक्रबार, ३१ वैशाख २०७८, ०७ : ००
शुक्रबार, ३१ वैशाख २०७८

काठमाडौं । पार्टीभित्रको विवाद मिलाउन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल सुरु भएको छ ।  दुई नेताले अन्य नेताहरुलाई समेत सँगै राखेर छलफल गर्न लागेकाले दुवै पक्षका अन्य नेताहरु पनि सहभागी भएका छन् ।

छलफलका लागि ६ बजेको समय तय भएपनि प्रधानमन्त्री ओली पौने ७ बजेमात्र सिंहदरबार पुगेपछि छलफल सुरु भएको हो ।  छलफलमा ओली पक्षबाट ओलीसहित नेता ईश्वर पोखरेल विष्णु पौडेल, सुवास नेम्वाङ र रामबहादुर थापा बादल छन् । त्यसैगरी माधव पक्षबाट माधव नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप