बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तेस्रोपटक ‘बादल’लाई गृह मन्त्रालयमा स्वागत

शुक्रबार, ३१ वैशाख २०७८, १९ : ३५
शुक्रबार, ३१ वैशाख २०७८

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई तेस्रो पटक गृह मन्त्रालयका बरिष्ठ अधिकारी तथा सुरक्षा अधिकारीहरुले स्वागत गरेका छन् । शुक्रबार शीतल निवासमा शपथ खाएर बादलले सिंहदरबारस्थित गृह मन्त्रालयमा पदबहाली गरे ।

मन्त्रालयमा ‘बादल’लाई गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले स्वागत गरेका थिए । तीन वर्षको अवधिमा बादललाई तेस्रोपटक मन्त्रालयमा स्वागत गरिएको हो । ०७४ फागुन १४ मा बादल पहिलोपटक गृहमन्त्री नियुक्त भएर मन्त्रालयमा गएका थिए ।

राष्ट्रियसभा सदस्यको पद गुमाएपछि उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक ०७८ वैशाख ५ मा फेरि गृहमन्त्रीमा नियुक्त गरेका थिए । शुक्रवार उनले तेस्रोपटक गृहमन्त्रीको रुपमा पदबहाली गरेका छन् । पदबहाली गर्दै गृहमन्त्री बादलले सम्पुर्ण शक्ति कोभिड–१९ संक्रमणको नियन्त्रणमा केन्द्रित गर्न सचिव, प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् ।

‘अक्सिजनको सहज आपूर्तिमा ध्यान दिनुस्’ बादलले मन्त्रालयमा उच्च अधिकारीहरुलाई ब्रिफिङ गर्दै भने–‘निषेधाज्ञाको मौका छोपेर हुनसक्ने कालोबजारीमा सचेत हुनुस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप