बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जोन्टा क्लव अफद्वारा परोपकार प्रशुति गृहलाई ४ वटा अक्सिजन कन्सनट्रेटर प्रदान

शुक्रबार, ३१ वैशाख २०७८, १९ : ३९
शुक्रबार, ३१ वैशाख २०७८

काठमाडौ । जोन्टा क्लव अफ काठमाडौंले थापाथलीको परोपकार मातृत्व र महिला अस्पताल (प्रशुति गृह) लाई चार वटा अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ । 

चार वटा अक्सिजन कन्सनट्रेटरहरु हिजो अस्पतालका हेड कोभिड विङका इन्चार्ज डाक्टर सुवेदीलाई हस्तान्तरण गरिएको हो । 

जोन्टाल अप्रिल २०२० मा पहिलो लकडाउनमा खाद्यान्न प्याकेट, पीपीई सेट र काठमाडौँ र ललितपुर वरिपरी भर्खरै जन्मिएका बच्चाहरुलाई किटहरुको वितरण गरेको थियो ।

जोन्टा क्लव अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छाले  महिला र बालबालिकाको सुधारको लागि काम गर्ने अभियानका साथ महामारीमा थोरै भएपनि सहयोग गर्नु सबैको दायित्व भएको बताइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप