मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सूर्य नेपालद्वारा काठमाडौं​का ३ सरकारी अस्पताललाई ६५ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान

शुक्रबार, ३१ वैशाख २०७८, १९ : ४४
शुक्रबार, ३१ वैशाख २०७८

काठमाडौं । सूर्य नेपालद्वारा काठमाडौंका ३ सरकारी अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको छ ।

कम्पनीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल स्थित राष्ट्रिय ट्रमा सेन्टर र निजामति कर्मचारी अस्पताललाई ल्याटेक्स पन्जा, सर्जिकल मास्क, अनुहार ढाक्ने फेस सिल्ड, व्यक्तिगत सुरक्षा उपकरण र अक्सिमिटर प्रदान गरेको हो । यी स्वास्थ्य सामग्रीहरु सम्बन्धित अस्पतालका कार्यकारी निर्देशकहरूलाई आज हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । 

स्वास्थ्य सामग्री हस्तान्तरण र वितरणको कार्यलाई ती अस्पतालमा कार्यरत चिकित्सकहरुको प्रतिनिधित्व सहित काठमाडौं ​ स्थित एउटा गैर नाफामूलक संस्था ईजीबीओएसएले सहजीकरण गरेको पनि कम्पनीले जनाएको छ ।

विद्यमान कोभिड १९ महामारीको दोश्रो लहरले मुलुकको स्वास्थ्य प्रणालीमा पारेको उल्लेख्य दवावलाई विचार गरी यस प्रकारको संकटको घडिमा कम्पनीले अन्य विभिन्न क्रियाकलापहरू समेत सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।
यस वर्षको सुरुवातमा कम्पनीले ७ करोड रकम (प्रत्येक प्रदेशलाई १ करोडका दरले) ७ वटै प्रदेशहरूमा स्थापनमा गरिएको कोभिड १९ उपचार तथा नियन्त्रण कोषमा योगदान गरेको  थियो ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप