बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिममा कोरोनाबाट थप ३० जनाको मृत्यु

शुक्रबार, ३१ वैशाख २०७८, २० : १३
शुक्रबार, ३१ वैशाख २०७८

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न अस्पतालमा पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुरका ८, कैलालीका १२, डडेल्धुराका ३, डोटीका १, दार्चुलाका २, बझाङका १, अछामका २ र बाँके जिल्लाका एकजना छन् । 

योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३१७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ  । पछिल्लो २४ घण्टामा ४३० जनामा एन्टिजेन परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण पुष्टि हुनका साथै १५ जनाको मृत्यु भएको छ भने १ हजार ५७६ जनाको पीसीआर परीक्षण गर्दा ८७५ जनामा कोरोना पोजेटिभ पुष्टि भई १५ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।

प्रदेशमा हालसम्म ३४ हजार ४८ जनाको एन्टिजेन परीक्षण भएकोमा ४ हजार ६४० जना संक्रमित फेला परेका छन् भने १४९ जनाको मृत्यु भएको उनले बताए । यस्तै, १ लाख ५९ हजार २६६ मा पीसीआर परीक्षण गर्दा २३ हजार ७९३ जनामा पोजेटिभ देखिएको र १६८ जनाको मृत्यु भएको कार्कीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप