शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा इन्डियन कोभिड भेरिएन्टबाट ४ जनाको मृत्यु

शुक्रबार, ३१ वैशाख २०७८, २३ : ११
शुक्रबार, ३१ वैशाख २०७८

लन्डन । बेलायतमा लामो समयदेखि जारी लकडाउन खुल्न दुई दिन मात्र बाँकी रहँदा इन्डियन कोभिड भेरिएन्टका कारण ४ जनाको मृत्यु भएको छ । यो निकै खतरनाक र तीव्र गतिमा फैलिने भएकोले आगामी जुन २१ बाट पूर्ण रुपमा खोल्न लागिएको लकडाउनलाई असर पर्न सक्ने भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले चेतावनी समेत दिएका छन् । खोपका कारण इन्डियन भेरिएन्टबाट सुरक्षित हुने नहुने कुनै प्रमाण नदेखिएकाले यो निकै जटिल समस्या हुने उनले बताए । 

पछिल्लो २४ घन्टामा थप  १७ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ६६८ पुगेको छ।

यसैगरी पछिल्लो २४ घन्टामा दुई हजार १९३ जनामा संक्रमण पुष्टि भएको छ । नयाँ सँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ४६ हजार ८२४ पुगेको छ । बेलायतमा हाल सक्रिय संक्रमितको संख्या ५८ हजार ९८७ छ भने ४२ लाख ६० हजार ११९ संक्रमित निको भइसकेको वर्ल्डोमिटर्सको तथ्याँकमा उल्लेख छ ।

५ करोड ५४ लाख बढी डोज खोप वितरण

बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि कुल ५ करोड ५४ लाख ३४ हजार ९६५ डोज खोप वितरण भएको छ । जसमध्ये ३ करोड ६१ लाख १५ हजार ९५५ जनाले पहिलो र एक करोड ९३ लाख १९ हजार १० जनाले दोस्रो डोज लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप