भारतमा कोरोना कहर : दैनिक सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढ्यो
एजेन्सी । भारतमा कोभिड–१९ बाट दैनिक सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या भन्दा निको हुनेको सङ्ख्या बढी भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी गराएको छ । मुलुकभर कोभिड–१९ बाट दैनिक थप सङ्क्रमित हुनेको सङ्ख्या शुक्रबार तेस्रो दिन पनि सङ्क्रमित सङ्ख्याभन्दा बढी देखिएको हो । शुक्रबार तीन करोड ४४ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
विगत चार दिनयता सङ्क्रमितको सङ्ख्या लगातार निको हुनेको भन्दा कम आउनुले सङ्क्रमण दर कम हुँदै जाने विश्वास स्वास्थ्य विज्ञहरूले लिएका छन् । दश राज्यमा निको हुनेको सङ्ख्या ७१.१६ प्रतिशत रहेको मन्त्रालयले देखाएको छ ।
भारतमा हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या दुई करोड ४० लाखभन्दा बढी पुगेको छ भने अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ लाख रहेको छ । यो अघिल्लो हप्ताभन्दा करिब १५ प्रतिशतले कमी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ