शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा कोरोनाबाट थप १४ जनाले ज्यान गुमाए

शनिबार, ०१ जेठ २०७८, १७ : ५१
शनिबार, ०१ जेठ २०७८

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । पोखराका विभिन्न अस्पतालहरुमा उपचाररत कास्कीका ६, पर्वतका ३, स्याङ्जा २, म्याग्दी, तनहुँ र गोरखाका १–१ जनाको मृत्यु भएको हो ।
निर्देशनालय प्रमुख डा विनोदबिन्दु शर्माका अनुसार १२ जनाको पोखरामै उपचारका क्रममा, १ जनाको गोरखा र १ जनाको होम आइसोलेसनमा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ देखि ७८ वर्ष उमेरका छन् ।

निर्देशक डा.शर्माका अनुसार म्याग्दीको वेनी नगरपालिका –५ की ४५ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । यस्तै तनहुँ भिमाद नगरपालिका –५ का २२ बर्षिय महिला, पर्वत जलजला –४ का ५५ बर्षिय पुरुष र स्याङजा अर्जुन चौतारी –१ का ९० बर्षिय पुरुषको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । 

त्यसैगरी पोखरा–२ की ३९ वर्षीय महिला, पर्वत कुश्मा–१२ की ५२ बर्षिय महिला र पोखरा–१४ का ५२ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

यस्तै गोरखाको सहिद लखन थापा पाउँपालिका–४ का ४२ बर्षिय पुरुषको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी पोखरा–१४ का ४९ वर्षीय पुरुष, स्याङजा वालिङ–६ का ७८ बर्षिय पुरुष,पोखरा–१४ का ४५ बर्षिय पुरुष र पर्वत फलेवास–५ की ३२ बर्षिय महिलाको गण्डकी मेडिकल कलेज पोखरामा उपचरका क्रममा मृत्यु भएको छ ।

यस्तै पोखरा–८ का –४२ बर्षिय पुरुषको संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ। पोखरा –३० का ५३ बर्षिय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । 
योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ५५ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप