शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना माहामारीका बीच यसरी तानियो रातो मच्छिन्द्रनाथको रथ, तस्बिरमा हेर्नुहोस्

शनिबार, ०१ जेठ २०७८, १८ : ४०
शनिबार, ०१ जेठ २०७८

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज तानिएको छ । कोरोना महामारीका बीच रथ तानिएको हो । हरेक वर्ष मच्छिन्द्रनाथलाई रथारोहण गरिएको चौथो दिनमा रथ तान्ने चलन छ । 

 रथमा विराजमान मच्छिन्द्रनाथको बिहानको नित्य पूजा पछि हल्लाइएको थियो भने अपरान्ह रथ तानिएको हो । गत बुधबार वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करूणामय पनि मानिने मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो । 

यस वर्ष कोरोना महामारीका कारण भीडभाड गर्न र बढी मानिस जम्मा हुन नदिन जिल्ला प्रशासन कार्यालयले शनिबार राति १० बजेसम्मका लागि विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र समेत तोकेको छ । गत वर्ष रथ तान्ने विषयमा विवाद हुँदा स्थानीय र प्रहरी बीच झडप भएको थियो ।

 यसै विषयलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले रातो मच्छिन्द्र नाथको रथ रहेको आसपास क्षेत्रमा पूर्वमा निषेधित क्षेत्र तोकेको छ । रथलाई तानिने स्थानलाई केन्द्रमा राखेर ५०० मिटरको दूरीमा निषेधित क्षेत्र तोकेको छ । कोरोना महामारीका बीचमा पनि मानिसहरु सयौँको संख्यामा उपस्थित भएर रथ तानिएको छ ।

अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष रथ तान्दा केही हदसम्म भौतिक दुरी भने कायम गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप