बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप ७७० जनामा कोरोना संक्रमण पुष्टि

शनिबार, ०१ जेठ २०७८, १८ : ३९
शनिबार, ०१ जेठ २०७८

गण्डकी प्रदेशमा शनिबार थप ७७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशका ८ जिल्लाका १ हजार ३ सय ४३ जनाको नमूना परिक्षण गर्दा ३३० जना महिला र ४४० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँ संक्रमितमा सबैभन्दा बढी म्याग्दीमा २ सय ३० जना रहेका छन् । त्यस्तै कास्कीमा १६८, नवलपरासी पूर्व १४७, बागलुङमा ७९, गोरखा ४९, स्याङजा २१ ,तनहुँ ५८ र पर्वतमा १८ जनामा संक्रमण देखिएको हो ।

योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २७ हजार ४०५ पुगेको छ । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या ७ हजार ७१५ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ३०० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण हुनेको संख्या १९ हजार ३३५ पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका ६ जना, पर्वतका ३ जना, स्याङजाका २ जना, म्याग्दी, तनहुँ र गोरखाका एक, एक जना रहेका छन् ।

योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ५५ पुगेको छ । हाल प्रदेशमा ७ हजार ६०२ जना होम आइसोलेसनमा बसेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप