शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीका पत्रकारहरुले अस्पताललाई हस्तान्तरण गरे अक्सिजन

शनिबार, ०१ जेठ २०७८, २१ : ३४
शनिबार, ०१ जेठ २०७८

नेपाल पत्रकार महासंघ गुल्मीले जिल्ला अस्पताललाई शनिवार २० वटा अक्सिजनसहितको सिलिन्डर हस्तान्तरण गरेको छ । महासंघले वैशाख २५ गतेदेखि अक्सिजन अभियान सञ्चालन गरेर देशविदेशबाट सहयोग रकम संकलन गरी पहिलो चरणमा खरिद गरिएको २० वडा सिलिन्डर जिल्ला अस्पतालाई हस्तान्तरण गरिएको हो ।

लाख मुल्यमा बुटवलको लुम्बिनी अक्सिजन उद्योगबाट मगाइएको उक्त सिलिन्डर  हस्तान्तरण गरिए पछि त्यस अस्पतालमा अब ६८ भरी अक्सिजनसहितका सिलिन्डर स्टक रहेको त्यस अस्पतालका मेसु डाक्टर उक्तम पाच्याले बताए । उनले गुल्मी जिल्लाका पत्रकारहरुले यो विपदमा अत्यन्तै सह्रानिय काम गरेको भन्दै धन्यवादसमेत दिए । हस्तान्तरण पछि नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले आफुहरुले अभियान सुरु गरे देखि हालसम्म अस्पताललाई अक्सिजनको अभाव हुन नदिएको र आगामी दिनमा पनि अभाव हुन नदिने गरि सक्रिय भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप