बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मुद्दती खाता इमेलबाट नवीकरण गर्न सकिने

आइतबार, ०२ जेठ २०७८, १२ : ५६
आइतबार, ०२ जेठ २०७८

काठमाडौं । निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स संघले सम्बन्धित बैंकलाई इमेलमार्फत अनुरोध गर्न सकिने आग्रह गरेको छ ।  यदि कुनै परिस्थितिवस इमेल गर्न नसकिएको खण्डमा निषेधाज्ञा समाप्त भएको ७ दिन पछि सम्म मुद्दती परिपक्व भएको मितिबाट नै लागू हुने गरि नवीकरण गर्न सकिने विज्ञप्तिमा भनिएको छ ।

बैंकिङ्ग कारोवार वा बैंकसँग सम्बन्धित अन्य कुनै सेवा, सुझाब, गुनासो भए बैंकको वेभसाइट सम्बन्धित अधिकारीको सम्पर्क नम्बर राखिएको तथा कल सेन्टर  सेवा समेत उपलब्ध भएको संघले भनेको छ । 

कोभिडको दोस्रो लहर बढेसँगै समस्त ग्राहक वर्गहरुमा बैंकिङ्ग कारोवार घरैबाट गर्न संघले आग्रह गरेको छ । मोबाइल तथा इन्टरनेट बैंकिङ्ग मार्फत एक खाता बाट अर्कोमा रकम स्थानान्तरण, खाता ब्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानी हरु लगायतका कार्यहरु गर्न सकिनेछ ।

सामान खरिद गर्दा समेत उपलब्ध भएसम्म कार्डको प्रयोग तथा क्यूआर मार्फत भुक्तानी गरी सकेसम्म नगद कारोवार कम गर्न संघले आग्रह गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप