शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विकास र पारुको स्वरमा ‘तिम्रो तृष्णा’ सार्वजनिक

आइतबार, ०२ जेठ २०७८, १३ : २२
आइतबार, ०२ जेठ २०७८

काठमाडौं । गायिका पारु राई र भ्वाइस अफ नेपालका फाइनलिष्ट विकास लिम्बूको स्वर रहेको नयाँ गीत ‘तिम्रो तृष्णा’ सार्वजनिक भएको छ । गीतमा शब्द गायिका पारुकै रहेको छ । जसमा संगीत तारा प्रकाश लिम्बूले दिएका छन् ।
गीतको भिडियोमा मण्डल थेवे, पारु राई, विकाश लिम्बू र बृक्षा लिम्बूको अभिनय देख्न सकिन्छ । बेलायत र नेपालका विभिन्न स्थानमा छायाँकन गरिएको भिडियोको छायाँंकन, सम्पादन एवम् निर्देशन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका हुन् । नेपालतर्फ सुरज तामाङले निर्देशन गरेका छन् ।

भिडियोमा मेकअप विपना गुरुङ, सह–छांँयाकन आशिष श्रेष्ठ र रंग संयोजन नवीन निरौलाले गरेका छन् । द लण्डन कलेज अफ म्युजिक अन्तर्गत क्लासिकल पियानो सम्बन्धी कक्षामा अध्ययनरत गायिका राई प्रवासमा रहेर पनि गायनलाई अगाडि बढाइरहेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप