शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महन्थ र उपेन्द्रबीच ‘गोप्य’ वार्ता

आइतबार, ०२ जेठ २०७८, २० : ००
आइतबार, ०२ जेठ २०७८

विवाद मिलाउने प्रयासस्वरुप जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच आज वार्ता भइरहेको छ ।

यादव समूहले सहमतिका लागि अन्तिम पटक प्रयास गर्ने र सहमति नभए पार्टीको विधान अनुसार अगाडि बढ्ने निर्णय लिएको भोलिपल्ट दुई अध्यक्षबीच वार्ता भएको हो ।  तर वार्ता स्थल गोप्य राखिएको छ । जसपा नेपालका नेताहरुले दुईजना अध्यक्षको बीचमा वार्ता भइरहेको बताएपनि वार्ता स्थलबारे थाहा नभएको प्रतिक्रिया दिएका छन् । 

सत्ता समीकरण बनाउने क्रममा विवाद हुँदा पार्टी दुई चिरा भएको छ । प्रधानमन्त्री ओलीको विकल्प खोज्नु हुँदैन पक्षमा अध्यक्ष महन्थ ठाकुर छन् भने उनको विकल्प खोज्नुपर्छ भन्ने पक्षमा उपेन्द्र यादव रहेका छन् । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदा उपेन्द्र यादवले आफ्ना १५ जना सांसदसहित विपक्षमा मतदान गरेका थिए भने महन्थ ठाकुर आफ्ना १५ जना सांसदलाई लिएर तटस्थ बसेका थिए । 

नयाँ सरकार बनाउने विषयमा पनि ठाकुर तटस्थ बसेकै कारण ओली पुनः प्रधानमन्त्री बन्न सफल भएका हुन् । त्यसले गर्दा पार्टीमा झन् विवाद उत्पन्न भएको छ । यता, अध्यक्ष ठाकुरले बहुमत सांसदको हस्ताक्षरबाट राजेन्द्र महतोलाई पार्टीको संसदीय दलको नेता चयन गरेपछि पार्टीभित्रको विवाद थप उत्कर्षमा पुगेको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप