शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा थपिए ४२७ कोरोनाका संक्रमित, ७ जनाको मृत्यु

आइतबार, ०२ जेठ २०७८, १९ : १८
आइतबार, ०२ जेठ २०७८

कर्णाली प्रदेशमा दैनिक कोरोना संक्रमितको दर उकालो लाग्दो छ । तर, निको हुनेको संख्या भने न्यून छ । पछिल्लो २४ घण्टामा कर्णालीमा ४२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसिआर विधिबाट गरिएको परीक्षणबाट ३ सय ३५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट ९२ जनामा कारोना संक्रमण देखिएको हो । यस्तै कर्णालीमा थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सुर्खेतका ४, सल्यान, कालिकोट र दैलेखका एक एकजना रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

योसँगै कुल संक्रमितमध्ये हाल सम्म एक सय ४९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप तीनसय ४९ जना संक्रमित उपचारपछि निको भएका छन् । हाल प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टर, होम आइसोलेसनमा पाँच हजार ४ सय ९८ जना संक्रमित रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप