मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड महामारी कै बीच एनएमबि बैंकको २ अर्व बराबरको ऋणपत्र खुल्ला, बार्षिक ८.५ प्रतिशत ब्याजदर

आइतबार, ०२ जेठ २०७८, १९ : २३
आइतबार, ०२ जेठ २०७८

काठमाडौं । कोभिड संक्रमणको जोखिम कम गर्न लगाइएको निषेधाज्ञाले गर्दा लगानीकर्ता आफूसँग भएको रकम नगद होल्ड गर्न वाध्य भएको परिवेशमा लगानी सुनिश्चित गर्न एनएमबि बैंकले ऋणपत्र (डिबेन्चर) खुल्ला गरेको छ । बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदर प्राप्त हुने २ अर्ब बराबरको १० वर्षे अवधिको ‘एनएमबि ऋणपत्र ८.५–२०८७/८८’ नामको ऋणपत्र आज जेठ २ गते आइतबार देखि बिक्री खुल्ला गरेको हो ।

प्रति कित्ता १ हजार दरको कुल २० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको ८ लाख मध्ये ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक जारी गरेको हो । ऋणपत्र खरिदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने छ । 

अंकित मूल्य १ हजार रुपैयाँ दरको ऋणपत्रका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन गर्न सकिने छ । यसमध्ये एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र ’प्राइभेट प्लेसमेन्ट’ बाट बिक्री गरिने बैंकले जनाएको छ ।

बैंकले बाँकी ८० करोडको ऋणपत्रमध्ये ४ करोडको सामूहिक लगानी कोषहरुलाई छुट्याएको छ । बाँकी ऋणपत्र भने सर्वसाधारणले खरिद गर्न पाउने छन् ।

कम्पनीको यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माइनस प्रदान गरेको छ । यसले बैंक समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ । यस्ता कम्पनीहरूमा न्यून कर्जा जोखिम रहेको हुन्छ ।

एनएमबि बैंकको ऋणपत्र किन किन्ने ? 
बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सी. एनएमबि बैंकको ऋणपत्र अहिले लगानीको लागि सर्वोत्कृष्ट औजार भएको बताउँछन् । हालको परिप्रेक्ष्यमा ८.५ प्रतिशत ब्याज उच्चतम भएको, एनएमबि बैंक आफैं स्वस्थ, सबल र सक्षम बैंकको रुपमा आइरहेकाले ऋणपत्र किन्नु उचित हुने बताउँछन् । त्यसैगरी, व्यवसायीक अधिकांश सूचकांकमा पनि सबल भएकाले एनएमबि बैंकले जारी गरेको ऋणपत्र लगानी गरी ढुक्कले प्रतिफल प्राप्त गर्न सकिने उनले बताए ।

बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको उक्त डिबेन्चर बिक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सकिनुको साथै मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप