शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा अक्सिजन सिलिन्डर खरिदका लागि ६ करोड ३५ लाख बजेट विनियोजन

सोमबार, ०३ जेठ २०७८, १० : २१
सोमबार, ०३ जेठ २०७८

कर्णाली प्रदेश सरकारले प्रदेश भर आवश्यक पर्ने अक्सिजन सिलिन्डर खरिद तथा व्यवस्थापनका लागि ६ करोड ३५ लाख बजेट विनियोजन गरेको छ । 

आइतबार साझ बसेको मन्त्रीपरिषद् बैठकले कोरोना भाइरसका नयाँ भेरियन्ट सहितका बिरामीलाई अक्सिजन अनिवार्य भएकोले सुर्खेतमै उत्पादन गर्नेगरि अक्सिजन आपूर्ति गर्न अक्सिजन प्लान्ट स्थापना गर्ने गर्ने निर्णय गरेको हो । 

त्यस्तै कर्णाली प्रदेश सरकारले दुर्गमका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय समेत गरेको छ । 

प्रदेश सरकारका प्रवक्तासमेत रहेका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले कर्णाली प्रदेशका दुर्गम जिल्लाहरु डोल्पा, मुगु र हुम्लामा संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय भएको बताए ।

उनले भने, ‘यी जिल्लाहरुमा उपचार सम्भव नभएका संक्रमितलाई कोरोना विशेष अस्पतालमा लिएर उपचार गर्छौँ ।' उक्त संक्रमितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा पुर्‍याइने छ । सरकारले निजी सेवा प्रदायक कम्पनीका हेलिकप्टर चार्टर गर्ने प्रदेश सरकारले जनाएको छ ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले संक्रमित बिरामीको उद्धारका लागि सरकारले एक करोड बजेट छुट्याएको छ ।

बैठकले अक्सिजन सिलिन्डर खरिद तथा व्यवस्थापनका लागि ६ करोड ३५ लाख, अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि पाँच करोड ४५ लाख र रेमडिसिभिर लगायतका औषधि खरिदका लागि एक करोड बजेट छुट्याइएको छ ।

उक्त सबै स्वास्थ्य सामग्री खरिदका लागि प्रदेश स्वास्थ्य निर्देशनालयलाई अनुमति दिने निर्णय समेत भएको प्रदेश सकारले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप