बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालबाट घर फर्किएपछि 'काकु' लेख्छन्, ‘श्रद्धाञ्जलीको फोटो आउला भन्ने चिन्ता कष्टकर हुन्छ है !'

सोमबार, ०३ जेठ २०७८, ११ : ४९
सोमबार, ०३ जेठ २०७८

काठमाडौं । हास्य श्रृखंला ‘सक्किगोनी’का कलाकार दीपकप्रसाद आचार्य (काकु)ले कोरोना जितेका छन् । उनले आफुले कोरोना जितेको सामाजिक संजालबाट जानकारी दिएका हुन् । सामाजिक संजालको पोष्टमा उनले आफु कोरोना जितेर घर फर्किएको समेत बताएका छन् ।

कोरोनासँगको लडाईमा आफु खतरामुक्त रहको बताएका उनले ८ दिनको होम आइसोलेसन र ९ दिनको अस्पताल बसाइपछि ठिक भएको जनाएका छन् ।

‘जीवनको मूल्य तब मात्र थाहा हुँदो रहेछ, जब मान्छेले आफ्नै मृत्युलाई आफ्नै सामुन्ने आफ्नो जीवन समाप्तिको लागि प्रतिक्षा गरि रहेको प्रत्यक्ष देख्छ’ उनले फेसबुकमा लेखेका छन् ‘यस्तै एउटा मृत्युलाई पराजित गरेर सुरुको ८ दिनको होम आइसोलेसन पछि र ९ दिनको अस्पताल बसाइपछि  घर आएको छु ।’

आफुलाई कोरोना सङक्रमण पछि निमोनिया समेत भएको बताएका उनले सोही समय आफुलाई अस्पताल पुर्‍याउनेलाई  धन्यवाद दिएका छन् ।

समयमा अस्पताल र अक्सिजनको ब्यबस्थापन नभएको भए परिस्थिती अर्कै हुने बताएका उनले आफ्नो उपचार गर्ने जनमैत्री अस्पतालका डाक्टर तथा नर्सहरूको टिम प्रति समेत आभार ब्यक्त गरेका छन् ।

‘बिचमा मेरो स्वास्थ प्रति चिन्ता ब्यक्त गर्नुहुने सम्पुर्ण प्रति आभार ब्यक्त गर्दछु । कोरोना सक्रमण भै उपचार गराइ रहनु हुने सबैमा शिघ्र स्वास्थ लाभको कामना गर्दछु’ उनले अगाडि थपेका छन् ‘डाक्टरको सल्लाह अनुशार अझै १० दिन होम आइसोलेसनमा हुनेछु ।’ 

आफु अहिले पुर्ण रुपमा खतरा मुक्त भएको बताएका आचार्यले यो महामारीबाट बच्न सबैलाई सजग हुन र यो रोगलाई सामान्य रुपमा नलिन अनुरोध समेत गरेका छन् । 

उनले भनेका छन् ‘नत्र अर्को श्रद्धाञ्जलीको फोटो आफ्नो आउला भन्ने चिन्ताले अस्पतालको शय्याबाट प्रतिक्षा गरिरहनु पर्दाको पीडा अत्यन्तै कष्टकर हुन्छ है !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप