शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न एनआईसीको आकर्षक योजना, मोबैंक प्रयोग गर्दा क्यासब्याक पनि

सोमबार, ०३ जेठ २०७८, १३ : १०
सोमबार, ०३ जेठ २०७८

काठमाडौं । एन आई सी एशिया बैंकले ग्राहकहरूलाई उत्तरदायी नागरिकको परिचय दिई घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहन स्वरूप ‘उत्तरदायी बनौँ, मोबैंक गरौं’ योजना सार्वजनिक गरेकोे छ । 

यस योजना अनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले इन्टरनेट, टेलिभिजन, खानेपानी लगायतको शुल्कका साथै मोबाइल डाटा प्याक, बीमा, मेरो सेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिकतम १०० नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत एक जना ग्राहकले योजना अवधिभर अधिकतम  ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । यो योजना जेष्ठ २ देखि जेष्ठ ३१ सम्म लागू हुने पनि बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप