शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उचालियो सेयर बजार

सोमबार, ०३ जेठ २०७८, २१ : ००
सोमबार, ०३ जेठ २०७८

सोमबार सेयर बजार उचालिएको छ । साढे ९ अर्ब बढीको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले बताएको छ । नेप्से परिसूचक २०.७१ अंकले बढेर २७५९.२१ विन्दुमा अडिएको छ । तीनवटा समूह बाहेक सबै समूहमा हरियाली छाएको छ । होटल तथा पर्यटन, विकास बैंक र उत्पादन तथा प्रशोधन समुहमा गिरावट आए पनि बजार तेज गतिमा दौडिएको परिसूचकहरुले देखाउँछ । 

कारोबारमा आएका २ सय १८ कम्पनीको ९ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी सेयर कारोबार भएको हो । रुरू जलविद्युतको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । १० प्रतिशतले बढेको रुरुको सेयर मूल्य प्रतिकित्ता ९ सय ६८ रुपैयाँ पुगेको छ । 

समता घरेलु लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य पनि ९.९८ प्रतिशतले बढेर प्रतिसेयर १ हजार ४ सय १० रुपैयाँ पुगेको छ । राधी जलविद्युतको  सेयर मूल्य पनि ९.९४ प्रतिशतले बढेको छ । आज नेपाल पुर्नविमा कम्पनीको ६६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप