बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बिल गेट्स महिला कर्मचारीसँग अवैध सम्बन्धमा रहेको आरोप, अनुसन्धान सुरु हुँदा बोर्डबाट दिए राजीनामा

सोमबार, ०३ जेठ २०७८, १६ : ५०
सोमबार, ०३ जेठ २०७८

संसारका सबैभन्दा धनाढ्य व्यापारीमध्ये एक बिल गेट्स चर्चामा छन् । बिल सम्बन्धविच्छेदपछि अब सफ्टवेयर कम्पनी माइक्रोसफ्टलाई छोड्नुको एउटा सम्भावित कारणबारे पनि चर्चामा आएका छन् ।

माइक्रोसफ्टका बोर्डका सदस्यले सन् २०१९ मा पूर्व महिला कर्मचारीले पठाएको एउटा पत्रलाई आधार बनाएर बिल गेट्समाथि अनुसन्धानको थालनी गरेका छन् । उक्त पत्रमा ती महिला कर्मचारीले आफू र गेट्सबीच थुप्रै वर्ष यौन सम्बन्ध स्थापित भएको आरोप लगाएको द वाल स्ट्रिट जर्नलले बताएको छ ।

बोर्डका थुप्रै सदस्यको ध्यान यसतर्फ आकृष्ट भएको उक्त रिपोर्टमा उल्लेख गरिएको छ । तसर्थ बोर्डका सदस्यलाई उक्त घटनाबारे अनुसन्धान भइरहेका बेला गेट्सले राजीनामा दिनुपर्ने  महसुस भएको बताइएको छ ।

सन् १९७५ देखि नै यो कम्पनीको स्थापना र सञ्चालन गर्दै आएका गेट्सले यसबारे अनुसन्धान पूरा हुनु अघि नै बोर्डबाट राजीनामा दिए । उनले अब उप्रान्त आफू सामाजिक कार्यमा बढी क्रियाशील हुने भन्दै राजीनामा दिए ।

गेट्सकी प्रवक्ताले अमेरिकी मिडियामा प्रकाशित वक्तव्यबारे बोल्दै भनिन्, ‘२० वर्षअघि अफेयर थियो जुन सहमतिमा नै समाप्त भयो । ’

उनले भनिन्, ‘बोर्डबाट बाहिरिने उहाँको निर्णय यो विषयसँग कुनै पनि हालतमा सम्बन्धित छैन । वास्तवमा, उहाँले आफ्नो सामाजिक कार्यमा बढी समय व्यतित गर्ने इच्छा व्यक्त गर्नुभएको थियो ।’

ती महिलाले लगाएको आरोपमा एक ल फर्मले छानबिन गरिरहेको छ । महिलाले उक्त पत्रमा आफ्नो जागिर परिवर्तन गर्ने माग राखेकी थिइन् । उनले उक्त पत्र गेट्सकी पूर्व श्रीमतीले समेत पढ्नुपर्ने बताएकी छिन् ।

‘माइक्रोसफ्टले सन् २०१९ को अन्त्यतिर बिल गटेस्ले सन् २००० मा कम्पनीका कर्मचारीसँग घनिष्ट सम्बन्ध सुरु गर्न खोजेको भन्ने जानकारी प्राप्त गरेको थियो,’ माइक्रोसफ्टका प्रवक्ताले भने ।

बिल र मेलिन्डाले आफ्नो २७ वर्ष पुरानो सम्बन्ध तोडेः

हालै गेट्स र उनकी श्रीमती मेलिन्डाले आफ्नो २७ वर्ष पुरानो सम्बन्ध समाप्त गर्ने निर्णय गरे र त यी दुई बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनका लागि सँगै काम गरिरहन्छन् । रिपोर्टका अनुसार सम्बन्धविच्छेदपछि मिलिन्डाले हालसम्म ३ अर्ब डलर रकम पाइसकेकी छिन् । ब्लूमबर्गब बिलियनर्स इन्डेक्सको रिपोर्ट अनुसार बिल गेट्सको सम्पत्ति १४४ अर्ब डलरको छ । उनी संसारका चौथो सर्वाधिक धनी व्यक्ति हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप