बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमित प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको निधन

सोमबार, ०३ जेठ २०७८, १७ : १०
सोमबार, ०३ जेठ २०७८

झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको निधन भएको छ । कोरोना संक्रमणका कारण खाम्याहाङको निधन भएको प्रमुख जिल्ला अधिकारी श्रावणकुमार तिमल्सिनाले बताए । 

बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार गराइरहेका खाम्याहाङको आज २ बजेर ३० मिनेटमा निधन भएको थियो । बैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि उनी केही दिन क्वार्टरमा र दुई दिन नगरपालिकाले निर्माण गरेको आइसोलेसन सेन्टरमा बसेका थिए ।

स्वास्थ्यमा थप समस्या देखिएपछि खाम्याहाङलाई  बैशाख १७ गते बिएण्डसी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप