शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेशनल लाइफ इन्स्योरेन्सको प्रमुख कायकारी अधिकृतमा सुरेश प्रसाद खत्री नियुक्त

सोमबार, ०३ जेठ २०७८, १९ : १५
सोमबार, ०३ जेठ २०७८

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुरेश प्रसाद खत्री नियुक्त भएका छन् । खत्रीको नियुक्तिलाई नियमनकारी निकाय बीमा समितिले स्वीकृत प्रदान गरेको हो ।

कम्पनीको संचालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतमा खत्रीलाई नियुक्त गर्न सिफारिस गरी बीमा समितिसँग सैद्धान्तिक सहमतिको लागी पठाएको थियो।

गत पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरत बहादुर बस्नेतको पदावधि सकिए पछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो। 

बैंगलुरबाट एमबीए गरेका खत्रीको बीमा क्षेत्रमा करिब साढे दुई दशकको कार्य अनुभव रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप