शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली युवा उद्यमी मञ्चद्वारा वीर र शिक्षण अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान

सोमबार, ०३ जेठ २०७८, १९ : २४
सोमबार, ०३ जेठ २०७८

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एन.वाई.ई.एफ)द्वारा वीर अस्पतालको ट्रमा सेन्टर र शिक्षण अस्पताललाई ४७ लिटर क्षमताको ४० वटा अक्सिजन सिलिन्डर प्रदान गरिएको छ । 

दोस्रो चरणको कोरोनाभाइरसको महामारीसँग जुध्न एन.वाई.ई.एफ.का सदस्यहरुको संयुक्त पहल अन्तर्गत वीर र शिक्षण अस्पताललाई ४७ लिटर क्षमताको ४० वटा अक्सिजन सिलिन्डर उपलब्ध गराइएको हो । साथै उक्त कार्य युवा उद्यमी मञ्च राष्ट्रिय परिषद, काठमाडौं च्याप्टर र काठमाडौं एडभाइजरी लिडरसिप ग्रुपबाट भएको थियो ।

युवा उद्यमी मञ्च एउटा गैर नाफा मुखी संस्था हो । यसको स्थापना सन् २००३ मा भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप