बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बागमतीमा कोरोना संक्रमणबाट ८१ जनाको मृत्यु

सोमबार, ०३ जेठ २०७८, २३ : १४
सोमबार, ०३ जेठ २०७८

पछिल्लो २४ घण्टामा बागमती प्रदेशमा कोरोनाभाइरस संक्रमणबाट ८१ जनाले ज्यान गुमाएका छन् । मृतकमा सबैभन्दा बढी काठमाडौंका ३१ जना रहेको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले सोमबार जनाएको छ । 
यस्तै ललितपुर र भक्तपुरमा ११–११ जनाको मृत्यु भएको छ भने मकवानपुरमा २, काभ्रेमा ६, दोलखामा ३, धादिङमा ४ र चितवनमा १० संक्रमितको मृत्यु भएको छ । 

यसैगरी रामेछाप नुवाकोट र सिन्धुपाल्चोकमा १–१ जनाले ज्यान गुमाएका छन् । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा १० हजार ८१७ जनाको परीक्षण भएकामा ३ हजार ६२२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ३ हजार १७२ जना संक्रमणमुक्त भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप