शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फेरि पार्टी एकता जरुरी छ : जनार्दन शर्मा

सोमबार, ०३ जेठ २०७८, २३ : ३२
सोमबार, ०३ जेठ २०७८

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले फेरि पार्टी एकता हुनुपर्नेमा जोड दिएका छन् ।  नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर देशलाई आत्मनिर्भर अर्थतन्त्र र आर्थिक समृद्धि हासिल गर्दै सामाजिक न्याय स्थापनाका लागि राजनैतिक स्थिरता कायम गर्नुपर्नेमा उनको जोड छ । 

उनले कानुन, विधि र पद्धतिलाई अस्विकार गर्ने प्रवृत्ति, प्रतिक्रान्तिकारी शक्ति सन्तुलन र भूराजनीतिक प्रभावका कारण विगतमा पार्टी एकता सफल हुन नसकेको समेत बताएका छन् ।  ‘नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर देशलाई आत्मनिर्भर अर्थतन्त्र र आर्थिक समृद्धि हासिल गर्दै सामाजिक न्याय स्थापनाका लागी राजनैतिक स्थिरता कायम गर्ने र राष्ट्रिय स्वाधीनताको सुदृढीकरण गर्ने उद्देश्यमा केन्द्रित थियोे’, शर्माले सामाजिक सञ्जालमार्फत सोमबार राति लेखेका छन्- ‘लाखौं जनताले अनुमोदन गरेको एकता,त्याग र बलिदान बाट प्राप्त उपलब्धि जनअधिकार,कानुन,विधि र पद्धतिलाई अस्विकार गर्ने प्रवृत्तिका कारण, प्रतिक्रान्तिकारी शक्ति सन्तुलन र भूराजनीतिक प्रभावका कारण सफल हुन सकेन ।’

उनले फेरि पनि देश र जनताको हितमा उठाएको एकताको झण्डालाई  निरन्तरता दिनुपर्ने उनको जोड छ । ‘फेरि पनि देश र जनताको हितमा उठाएको एकताको झण्डालाई  निरन्तर उठाउने कुराको महत्त्व यस घटनाबाट किमार्थ कम हुन सक्दैन’ शर्माले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप