इजरायल प्यालेस्टाइन हिंसामा अमेरिकाको दोहोरो भूमिका
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेष्टाइनबीच गाजामा जारी हिंसा अन्यको माग गरेका छन् ।
बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन कुराकानी गर्दै युद्धविरामको आग्रह गरेका हुन् ।
तर, हिंसा अन्त्यको माग गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पेश भएको संकल्प प्रस्तावलाई भने अमेरिकाले फेरि रोकेको छ । अमेरिकाले हमासलाई आतंकवादी संगठन बताउँदै आएको छ र हमासविरुद्धको कारबाहीलाई भने जायज रुपमै लिन्छ ।
ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ,‘बाइडेनले निर्दोष सर्वसाधारणको सुरक्षाका लागि हरेक प्रयास गर्न इजरायललाई प्रेरित गर्नु भएको छ । दुई नेताहरुले हमास र अन्य आतंककारी समूहबीचको अपरेशनमा भइरहेको प्रगतिबारे छलफल गर्नुभएको छ ।’
बाइडेन युद्धबिरामको समर्थनमा रहेको इजिप्ट तथा अन्य साझेदारहरुसँग यस विषयमा वार्ता चलिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
अहिले इजरायल प्यालेस्टाइन विवाद दोस्रो सातामा चलिरहेको छ र हिंसा रोकिने थोरैमात्र संकेत देखिएको छ । यस हिंसामा प्यालेस्टाइनतर्फ कम्तिमा २ सय २१ मानिसको मृत्यु भइसकेको छ । जसमा ६१ बालबालिका समावेश छन् । इजरायलतर्फ पनि दुई बालबालिकासहित १० जनाको मृत्यु भएको छ ।
यस्तो भयावह अवस्थाका बाबजुद इजरायली सेनाले प्यालेस्टाइनतर्फ मारिएका अधिकांश व्यक्ति मिलिसिया रहेको दाबी गरेको छ । सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमण जारी रहने घोषणा गरेका थिए । गाजामा शासन गरिरहेको हमासले पनि प्रत्याक्रमणका लागि आफु तयार रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सागर ढकालले लिए आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट
-
आगामी वर्षको नीति, कार्यक्रम र बजेट बनाउन म आफैँ कमान्ड गर्दैछु : प्रधानमन्त्री
-
ब्राजिलमा कोकिनको क्याप्सुल निलेर नेपालमा तस्करी
-
इलाम-२ मा रास्वपाको उम्मेदवारी घोषणा शनिबार
-
‘गाउँ आएको बाटो’ १२ औँ बेइजिङ अन्तर्राष्ट्रिय सिने महोत्सवमा छनोट
-
कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका २ सदस्य काठमाडौँबाट पक्राउ