शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जिप दुर्घटना हुँदा दैलेखमा २ जनाको मृत्यु

मङ्गलबार, ०४ जेठ २०७८, ०९ : ५०
मङ्गलबार, ०४ जेठ २०७८

कर्णाली राजमार्गअन्तर्गत दैलेखको दुल्लु नगरपालिका-३ स्थित स्याँलामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

आज विहान अन्दाजी ६ः३० बजे जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको बा २० च ७१५ नम्बर जिपको ब्रेक फेल भै सडकबाट पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परि जुम्लाको गुठीचौर गाउँपालिका ४ का ३८ वर्षिय जिप चालक रामहरी न्यौपाने र सोही ठाउँकी २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको मृत्यु भएको छ ।

साथै, जिपमा २ जनामात्रै सवार रहेको जनाइएको छ भने मृतकको उद्दार कार्य र घटनाको प्रारम्भिक अनुसन्धान कार्य सुरु भईरहेको प्रहरी कार्यालय दैलेखको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप