शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खैरो हिरोइनसहित २ युवती पक्राउ

मङ्गलबार, ०४ जेठ २०७८, ११ : २३
मङ्गलबार, ०४ जेठ २०७८

कैलालीको टीकापुरबाट प्रहरीले लागुऔषध खैरो हिरोइनसहित २ युवतीलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका ७ कालाकुण्डाबाट सोही वडाका २४ बर्षीया दिलु पाण्डे र १६ बर्षीया राधा पाण्डेलाई पक्राउ गरेको हो ।

सोमबार दिउँसो उनीहरुको साथबाट करिब ९.९५० ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।  उनीहरुको म्याद थप गरी अनुसन्धान गरिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप