शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडा अस्पतालमा उपचाररत ४ जना संक्रमितको मृत्यु

मङ्गलबार, ०४ जेठ २०७८, ११ : २७
मङ्गलबार, ०४ जेठ २०७८

हेटौंडा अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको आइसियू कक्षमा उपचारका क्रममा हेटौंडाका ३ जनासहित बारा जिल्ला घर  भएका एक जना महिलाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकार दिए ।

मृत्यु हुनेमा बाराकी ७५ वर्षीया एक महिला, हेटौंडा उपमहानगरपालिका वडा नम्बर– ४ का ५४ वर्षीया एक जना र हेटौंडा–३ का ७२ वर्षका एक जनाको संक्रमणका कारण मुत्यु भएको हो । 
केही दिन अघि संक्रमण पुष्टि भएका उनीहरुको हेटौंडा अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको थियो । 

बाराकी महिला र हेटौंडा–का पुरुषको सोमबार मृत्यु भएको थियो भने हेटौंडाका अरु दुई जनाको आज मंगलबार विहान मृत्यु भएको हो ।
योसँगै हेटौंडा अस्पतालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने.को संख्या २३ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप