बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

जंगली हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु

मङ्गलबार, ०४ जेठ २०७८, १२ : ५३
मङ्गलबार, ०४ जेठ २०७८

जंगली हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ९ निवासी श्याम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मङ्गलबार राती साढे १२ बजेको समयमा मागुरमाडी सामुदायिक वन क्षेत्रबाट आएको एउटा जंगली हात्तीलाई धपाउने क्रममा ४५ वर्षीय राईलाई हात्तीले आक्रमण गरेको थियो । टाउको र दायाँ खुट्टामा गहिरो चोट लागेका राईको उपचारका क्रममा मेची  अञ्चल अस्पताल भद्रपुरमा सवा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप